संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् ।
शुक्रबार (आज) मलामी बोकी पिलुवा खोलामा गएर दाहा सस्कार गरी फर्कदै गरेको को. २ त ३९६१ नम्बरको ट्रयाक्टर सडक साईडमा पल्टीएर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाईते भएका थिए ।
दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर–१० का २४ बर्षीय गंगाबहादुर तामाङ र चैनपुर–९ का ४६ बर्षीय केशब कार्कीको मृत्यू भएको हो ।
ट्रयाक्टर चालक मोहनकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको प्रदेश नं. १ प्रहरी कार्यालय जानकारी दिएको छ ।