झापा ।
झापाको कनकाई नगरपालिका–३ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रवार (आज) मे.१ त ७८३१ नम्वरको ट्याक्टरले रोकी राखेको मे.१ ह ६९६० नम्वरको अटोलाई ठक्कर दिदा अटोमा सवार रहेकि कनकाई नगरपालिका–३ कि ३६ बर्षीया मुना कार्की र ३४ बर्षीया कमला नेपाल घाईते भएका थिए ।
दुवै घाईतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा कमला नेपालको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टरका चालक २४ बर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।