झापा । 

झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  स्थानीय २३ बर्षीय नोसाद मोहमद रहेका छन् । शुक्रवार (आज) ईलाका प्रहरी कार्यालय धुलाबरीको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउनसुगर बरामद गरेको थियो । 

लागूऔषध ब्राउन सुगरसहित पक्राउ  परेका उनको ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।