शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिकाले सञ्चालन गरेको गरिबी घरपरिवार पहिचान पत्र वितरण कार्यक्रम नगरका ११ वटै वडामा सम्पन्न भएको छ । गत २०७८ फागुन १२ गतेदेखि शुरु गरेको गरिबी घरपरिवार पहिचान पत्र वितरण कार्यक्रम असार २२ गते सम्पन्न गरेको हो ।
पत्र वितरणको मिति असार ३० गतेसम्म भएकाले छुट हुन गएकालाई असार २८ गतेसम्म विवरण दर्ता गराउन प्रत्येक वडा मार्फत नगरले आग्रह गरेको नगरका सूचना प्रबिधि अधिकृत तथा उक्त कार्यक्रमका पोकल पर्सन गणेश अधिकारीले जानकारी दिएका छन् ।
नगरले ११ वटै वडा मार्फत प्रत्येक वडाका सवै टोल–टोलमा गएर विवरण संकलन गरेको थियो ।
नगरमा रहेका ११ वटै वडाका १४ हजार ४४ घरबाट तथ्याङ्क संकलन गरी अनलाइन मार्फत केन्द्रमा पठाई सकेको कार्यक्रमका फोकल पर्सन अधिकारीले बताए । केन्द्रको मापदण्ड अनुसार उनीहरुलाई गरिबी घरपरिवार पहिचान पत्र वितरण गरिने उनले जानकारी दिए ।
गरिबी घरपरिवार पहिचानको लागि आवश्यक तथ्याङ्क संकलन तथा विश्लेषण गर्ने साथै गरिवी परिवारको रुपमा पहिचान भएका परिवारलाई सोको परिचय पत्र वितरण गर्ने प्रक्रियालाई ब्यवस्थित गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।