मेचीनगर । 

झापाको मेचीनगरमा चोरीका घटना बडेको छ । दुले चोरले मोबाइल, खसी, गाई, पानीतान्ने मोटर चोरी भएपछि स्थानीयमा त्रास बढेको छ । गएराती मेचीनगर–१० का नारायणप्रसाद खतिवडाको घर लुटिएको छ । खतिवडा दम्पती स्वास्थ्य उपचारका सिलसिलामा काठमाडौ बस्दै आएका थिए  । सोही मौका पारेर खतिवडाको घर लुटिएको हो ।

कम्पाउडसहित एक तलेमा ट्रस्ट हालेर घरको झ्याल, ढोका बन्द नै छ । सबै ढोकामा ताला लगाइएको थियो। ताला पनि सकुशल छ । झ्यालमा लगाइएका गृल, भित्री जाली पल्ला कहिपनि काटेको वा फुटाएको देखिदैन । 

भित्री कोठा दराज, बक्सा, फुटाएर सबै लुटेको खतिवडाको गुनासो छ । ‘हामी उपचारका लागि काठमाडौ गएका थियौ’ खतिवडाले भने ‘हामी आउँदा बहिरी गेट पनि ठिक छ, भित्र पस्दा सबै कोठा दराज, बक्सा, फुटाएर कपडा सबै छरपस्ट देखे, टिभी, इन्भर्टर तथा गहना र महत्वपूर्ण सामाग्री लुटेर लगेछ्न् ।’

लुटिएको स्थानबाट एक करिब किलोमीटर पूर्वीमा इलाका प्रहरी कार्यालय रहेको छ । प्रहरी प्रशासनकै अगाडिबाट लुटेराले लुटेपछि  सर्वसाधारले असुरक्षित भएको प्रतिक्रिया दिएका छ्न् । 

पीडित सर्वसाधारणले लुटपाट भएको भन्दै प्रहरीकहाँ लुटपाटका कयौं उजुरी–निवेदन दिएपनि प्रहरीले हालसम्म कोहि कसैलाई नियन्त्रणमा लिएर सर्वसाधारणको लुटिएको धनमाल फिर्ता गरेको छैन ।  

मेचीनगर–१४ मा केहीदिन अघि एकै रात ७ वटा मोबाइल चोरी भएको थियो । टिकाराम खरेलको ४ वटा खसी लुटेराले लगे । मोबाइल चोरीका घटनाबारे प्रहरीकहाँ निवेदन दिएपनि प्रहरीले अप्रेशनपछि पीडितलाई रिजल्ट भने दिएको छैन ।