मोरङ ।
मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–०४२ प २७६९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनबर्सी नगरपालिका–१ का ३३ बर्षीय रोशन श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको हो ।
मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लावारी पठाईएको र घटनाका बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।