मोरङ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समुहबाट खटिएको प्रहरी टोलीले मोरङबाट, लेनदेन मुद्धाका फरार ब्यक्तिलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।
पक्राउ पर्नेमा विराटनगर –०५ का ५० बर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई जिल्ला अदालत मोरङको २०७८/१/०३ गतेको फैसला आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिको थियो ।
अदालतबाट सजाय तथा जरिवाना तोकिएका चौधरी हालसम्म फरार रहँदै आएका थिए । चौधरीलाई खोजतलास गर्ने क्रममा गाउँघरमानै लुकेर बसेको अबस्थामा बिहिवार पक्राउ गरिएको थियो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा दाखिला गरिएकोमा तोकिएको कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाईएको प्रहरीले जनाएको छ ।


















