विराटनगर । 

सञ्चारकर्मी   सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।  संस्थाले  पत्रकार राजेन्द्र दाहाल,  मोहन मानन्धर, बाबुराम भण्डारी र उषा सर्दारलाई  सम्मान तथा पुरस्कृत गर्ने भएको हो  ।

 संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर चारैजनालाई सम्मान गर्न लागेको हो । डा. संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।  

  समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न थालिएको हो  । 

यस्तै २०७९ सालको मेम्बर चन्द्रलाल(दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी  पुरस्कार पत्रकार भण्डारीलाई प्रदान गर्ने भएको हो । २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।  

यस्तै  पत्रकार उषा सर्दार २०७९ सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी हुन् । सो पुरस्कारको राशि  १० हजार छ । 

 सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७९ असार २१  गते मंगलबार बसेको बैठकले चारैवटा पुरस्कारको घोषणा गरेको हो । संस्थाको एघारौं स्थापना दिवसको अवसरमा  २०७९ असार २७ गते पुरस्कार प्रदान गरिने जनाइएको छ ।