झापा ।
लागू औषध खैरो हिरोहिनसहित मेचीनगरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं.२ का २२ बर्षिय मिलन दर्जी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर–६ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
दर्जीलाई शंका लागि चेकजाँच गर्दाउनको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोहिन ९ ग्राम फेला परेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।