सुनसरी । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुहको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

जिल्ला अदालत सुनसरीको २०७८।०३।२२ गतेको  फैसलाले मानब बेचबिखन ओसारपसार मुद्धामा १० बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान–१६ की ४६ बर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बुलाई पक्राउ गरेको हो । 

प्रहरीले खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरेको हो । पक्राउ परेकी  लिम्बुलाई  सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको हो ।