मोरङ ।
मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले भारतिय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ का ४४ बर्षीय भानु याङदेनलाई लागू औषधसहित पक्राउ गरेको हो ।
याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो । त्यसैगरी लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको छ ।
घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक (२० एम्पुल, एभिल(२० एम्पुल, डाईजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको थियो । लागू औषधसहित पक्राउ परेका दुवै जनाको बिषयमा ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।