झापा  । 

झापाको झापा गाउँपालिकाका विभिन्न वडामा सहारा नेपाल र ह्याविट्याट नेपालको सहकार्य तथा मेट लाइफ फाउण्डेशनको सहयोगमा दुई सय ७४ परिवारलाई खाधन्न वितरण गरिएको छ । 

साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षिय साझेदारीमा निर्माण हुँदै गरेको सुरक्षित आवास निर्माण कामका लागि खाद्यन्न वितरण गरिएको हो । गाउँपालिकाका विभिन्न वडाका दुईसय ७४ घरपरिवारलाई खाद्यन्न वितरण गरिएको सहारा नेपालका ल्याण्ड एड्भोकेसी अफिसर नविन लामिछानेले जानकारी दिएका छन् । 

कामका लागि खादन्न भन्ने मुल आश्रयले वितरण गरिएको सहयोगले घर निर्माण कार्यमा सहज भएको उनीहरुले बताएका छन् । प्रत्येक घर निर्माण परिवारलाई २५ केजी चामल, ४ केजी दाल, १ लिटर खानेतेल, १० किलो आलु, १ केजी नुन, १ केजी चिनी, ४०० ग्राम सोयविन, २०० ग्राम् हल्दी, लुगाधुने र नुहाउने साबुनसहित स्वास्थ्य सामाग्री वितरण गरिएको लामिछानेले जानकारी दिएका छन् ।