मोरङ । 

मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले दोहनमा संलग्न ९ वटा सवारी साधनसहित चालक फक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालकसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका ९ वटै सवारी साधनसहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको प्रदेश प्रहरीले जनाएको छ ।