उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–८ देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमवार (आज) स्थानिय ६५ बर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।
घाइत उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।