सुनसरी ।
सुनसरीको भोक्राहा नरसिंह–५ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतरतर्फ हाइवे क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा मोटरसाईकलमा सवार ४ जना घाईते भएका थिए ।
घाईते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह–५ बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा मृत्यु भएको र अन्य ३ जनाको सोहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।