बिर्तामोड । 

बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्नका लागि सिलाई मेशिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आइतबार १० जना शारिरिक अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण गरीएको हो । 

उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेशिन हस्तान्तरण गरेकी हुन् ।  सिलाई मेशिन प्राप्त गर्नेहरुमा सविता राजवंशी, दिपिका निरौला, सुष्मा अधिकारी, रञ्जु खतिवडा, यमुना गुरागाई, गायत्री उप्रेती, टुटुली राजवंशी, अंकीता अधिकारी, शोभा बुढाथोकी र गिता मगर रहेका छन् ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईले नगरपालिकाले स्वरोजगार बनाउनका लागि सिलाई मेशिन प्रदान गरेको बताइन् । उनले आगामि दिनमा आफ्नो सिपलाई प्रयोग गरि आत्मनिर्भर बन्न मेशिन प्राप्त गर्ने सबैलाई आग्रह गरिन् । 

मेशिन वितरण कार्यक्रममा नगरप्रमुख प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले गत चैत्र २९ गतेदेखि १ महिनासम्म प्याड तथा पेन्टी निर्माणको तालिम प्रदान गरेको थियो ।