पाँचथर ।
पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीन स्थितमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ भने एक जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको तीन् तले घर र गाईगोठ समेत पुरेको थियो ।
पहिरो गएको स्थानमा तत्काल प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।
पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजतलास गर्ने क्रममा ५५ बर्षीय रुपलाल मगर, उनकी ४२ बर्षीया श्रीमती गोमा मगर र दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगर आज (आइतवार) बिहान मृत अवस्थामा फेला परेका हुन् ।