सुनसरी । 

सुनसरीको रामधुनी नगरपालिका–३ सिघिया स्थित नहरको पानीमा डुवेर एक जनाको मृत्यु भएको छ । आइतवार (आज) दिउँसो स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडेर पानीमा डुबेका थिए । 

उनलाई पानीमा डुवेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि  जिल्ला अस्पताल ईनरुवा लगेकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको  हो ।

घटना सम्बन्धमा  ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।