मोरङ ।
मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए । शरिर जलेर गम्भिर घाईते भएकि बबिताको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो ।
श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले पक्राउ गरी घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।