झापा । 

झापाको कनकाई नगरपालिका –८ स्थित पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका–१ अतिथि सदन टोल बस्ने नविन ओलीका ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् ।

शुक्रवार (हिजो) दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराएका थिए । हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षिणमा बालकको मृत अवस्थामा सव भेटिएको थियो।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले थप थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।