• राजु बराल 

चन्द्रगढी । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० स्थित देउनिया पुल छेउबाट उत्तर चन्द्रगढ तिर जाने बाटोको पुल सेती खोलाको बाढीले मङ्लबार बगाएपछि स्थानीयबासीले सास्ती खेप्नु परेको छ ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा प्राबिधिकसहितको टोलीले उक्त पुलको स्थलगत अनुगमन गरेको गरेको हो । अनुगमनका क्रममा  नगर प्रमुख पाखरेलले हप्ता दिन भित्रमा सो पुलबाट आवत–जावत गर्नको लागि तत्काल अस्थायी पुल निर्माण गर्न आग्रह गरेको  वडा नं. १० का वडा अध्यक्ष टेकबहादुर खडका (काजी) ले जानकारी दिएका छन् । उनका अनुसार एक हप्ताभित्र स्थायी पुल निर्माण गरिने छ । 

सोही ठाउका स्थानीय सामाजिक अगुवा डम्बर कुँवरले पुल बगाएपछि त्यस क्षेत्रका स्थानीयबासी र सेन्ट कुजुर एकाडेमीका बिद्यार्थीहरुलाई आवत–जावतमा समस्या भएको बताए ।