बितामोड । 

झापाको बिर्तामोडमा पहिलो पटक महेन्द्राको इलेक्ट्रोनिक ट्रयो अटो सार्वजनिक भएको छ ।  झापाका लागि अटोको आधिकारिक बिक्रेता अल्फा इ. अटो सप्लायर्सले अटो बिक्री बितरणका लागि सार्वजनिक गरेको हो । 

अटोको सार्वजनिक शुक्रवार (आज)  बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाई र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले संयुक्त रुपमा गरेका हुन् । 

अटोको नेपाली मुल्य  ८ लाख ४० हजार रुपैयाँ रहेको अग्नि इर्नरर्जी प्रालिका असिष्टेन्ट जनरल मेनेजर प्रमोद भण्डारीले बताए । उनका अनुसार अटो एक पटक चार्ज गर्दा १ सय ३० किलोमिटर गुड्ने, पुरा चार्ज हुन ३ घण्टा ५० मिनेट लाग्ने, एक पटक चार्ज गर्न ८ युनिट बिद्युत लाग्ने, ट्रयो अटोको ३ वर्ष वारेन्टी र ब्याट्रीको आयु ५ वर्षको रहेको छ । सो अटोको ब्याट्री ७.३७ किलो हर्ज पावरको रहेको समेत बताइएको छ ।

पेट्रोलियम पदार्थको मुल्य बृद्धि भैरहेको समय उक्त अटो एकदमै उपयुक्त रहेको जनाइएको थियो ।  कमल पौड्याल, प्रेमनारायण पोखरेल, छबिलाल दास अग्रवालले अल्फा इ अटो सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । 

सञ्चालक कमल पौड्याललको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य तथा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको बिशिष्ठ आतिथ्य रहेको थियो । 

स्वागत छत्र पौडेलले गरेको कार्यक्रममा अर्जुनधारा वडा नं. ९ का वडाअध्यक्ष भिष्म मिश्रलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रामजी पोखरेलले गरेका थिए ।