विराटनगर ।
धनकुटा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । धनकुटा छथरजोरपाटी गाउँपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागि बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको छ ।
त्यसैगरी सुनसरी ईनरुवा नगरपालिका–१ पूर्व टोलका ४४ बर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो ।
घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रदेश नं. १ प्रहरीले जनाएको छ ।