मोरङ । 

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका–४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैंचा नगरपालिका–६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुलसहित पक्राउ गरेको हो ।

त्यसैगरी १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले बा ३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको सुन्दरहरैचा नगरपालिका–१२ का २० बर्षीय अभिषेक चौधरी र पछाडि सवार सुन्दरहरैचा नगरपालिका–१२ कै  १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 - ३० ट्याबलेटसहित पक्राउ गरिएको छ ।

पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।