शिवसताक्षी । 

दुई दिन अघि परेको अबिरल बर्षाका कारण आएको बाढीबाट डुवान भएर विस्थापित भएका परिवारलाई सतासीधाम जेसीजले राहत प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका सँगको समन्वयमा राहत बितरण गरिएको सतासीधाम जेसीजले जनाएको छ ।

त्रिभुवन माध्यमिक विधालय पाँचगाछीमा रहेका विस्थापित परिवारलाई जेसीजले ५० थान तन्ना र त्यतिनै संख्याको झुल प्रदान गरेको दाता संस्थाका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

बाढीका कारण विस्थापित परेका परिवारलाई पुर्नस्थापनाका लागि सरकारले ठोस कदम चाल्नु पर्ने सतासीधाम जेसीजका वर्ष २०१८ का अध्यक्ष तथा नेपाल जेसिस बर्ष  २०२२ भिलेज संयोजक महेन्द्र भट्टराईले बताए । उनले भने, ‘विपतमा पर्ने परिवारको पहिचान गरि समस्या आउनु अगावै समाधाम गर्न तीन तहकै सरकारलाई मेरो सुझाव छ ।’ भट्टराई नेपाल जेसीजको भिलेजकोअर्डिनेटर समेत हुन् ।

राहत वितरण कार्यक्रममा सतासीधाम जेसीजका अध्यक्ष ०२२ का अध्यक्ष अर्जुन भट्टराई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमार सिहसावाँ, राजकुमार बस्नेत (सबिन) सम्झना चापागाईँं, शक्तिमान थाम्सुहाङ, दिपक पोख्रेल, विबेक ढकाल लगायतको सहभागिता थियो ।

विपतका बेला सतासीधाम जेसीजले समाजका लागि विभिन्न रचनात्मक काम गर्दे आएको छ । बाढी पीडितलाई प्रदान गरेको राहत नगरको एकद्धार प्रणाली अन्तर्गत वितरण भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।