झापा ।  

झापाको कमल ४ चुलाचुलीमोडमा ट्रकको ठक्करबाट दमकका एक ब्यक्तिको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४  चुलाचुली मोेडमा बुधबार  ट्रकको ठक्करबाट घाईते दमक–९ का ३६ बर्षिय दीपक नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो ।

ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नेपाल दमकको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका हुन्।