सुरुङ्गा ।
यौन हिंसामा परेका तथा सडक वालवालिकाहरुसँग बंगाली सेवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ । कनकाई नगरपालिका–१ स्थित सुस्त श्रवण सरोकार समाज नेपालको आश्रममा रहेका वालवालिका सामु असार १५ को दहि चिउरा खानाको साथै वालवालिकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलका अनुसार आश्रममा रहेका वाललालिकालाई समाजले खाद्यान्न सहयोग गर्नुका साथै उनीहरुलाई असार १५ को दहि चिउरा खुवाइएको हो ।
सुस्त श्रवण सरोकार समाजकी अध्यक्ष शान्ता पोखरेल ( भगिरथा)का अनुसार यस आश्रममा हाल २० जना फरक क्षमता भएका सडक वालवालिका, यौन हिंसामा परेका फरक क्षमताका वालवालिकाहरु रहँदै आएका छन् ।
उनीहरुलाई विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक व्याक्तित्वहरुद्धारा प्रदान गरिने सहयोगबाट उक्त आश्रम सञ्चालित रहेको छ । असार १५ को दहि चिउरा खाने कार्यक्रम तथा सहयोग हस्तानतरण कार्यक्रममा कनकाई नगरपालिका १ की वडासदस्य निर्मला खड्का, कनकाई लायन्स क्लवका पुर्व अध्यक्ष तथा सञ्चारकर्मी मनोज बस्नेत, वंगाली सेवा समाजका गोविन्द साह लगायातले समाजले औपचारिकताका लागि नभएर साचो अर्थमा सेवा गरेको बताए ।
केहि बर्ष पहिले मात्रै यस क्षेत्रमा गठन गरिएको बंगाली सेवा समाजले होली मिलन, देउसी–भैलो लगायातका कार्यक्रमहरु सञ्चालन गरिसकेको समाजका अध्यक्ष पंकज मण्डलले जानकारी दिए ।