झापा ।
सोमबार बेलुकादेखि परेको अविरल बर्षाका कारण प्रदेश नं. १ का १४ वटा जिल्लामा पाँच वटा चौपायाको मृत्यु भएको छ भने मानवीय क्षति नभएको जनाइएको छ ।
अविरल बर्षाका कारण स्थानीय खोलामा आएको वाढी र पैरोका कारण ४ वटा भौतिक संरचनामा मध्ये दुईवटामा पूर्ण क्षति दुईवटामा आंशिक क्षति भएको प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ ।
असार १४ गते साँझ ६ बजेदेखि १५ गते ६ बजेसम्मको विवरण अनुसार ७ वटा सडक अवरोध भएका छन् । मोरङमा एउटा, सुनसरीमा दुई वटा, धनकुटामा एउटा, उदयपुरमा दुई वटा, खोटाङमा एउटा सडक अवरोध भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ ।
सुनसरीमा १५ परिवार विस्थापित र उद्धार ५८ जनाको उद्धार भएको प्रदेश प्रहरीको तथ्याङ्कमा छ । त्यस्तै भौतिक संरचनामा झापामा एउटा, मोरङमा दुई र सुनसरीमा एक पूर्ण क्षति भएको छ भने आंशिक क्षति झापा र इलामा एक÷एक वटा भएको तथ्याङ्कले देखाएको छ ।