मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बखरीको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका बिराटनगर–६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।
लागू औषधसहित पक्राउ परेका महतोको बयानको आधारमा लागूऔषध ओसार पसारमा सप्तरी हनुमाननगर–९ घर भई बिराटनगर–११ बस्ने २५ बर्षीय सुमनकुमार रायको समेत संग्लग्नता रहेको खुलेसँगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिईएको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।