मोरङ ।
मोरङको रंगेली नगरपालिका–७ मा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली–७ का महादेव मण्डलको ४ बर्षीय छोरा रितिक मण्डल र रंगेली –६ का नरेश मण्डलकी ५ बर्षीया छोरी सुनमकुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए ।
बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउना साथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।