झापा ।
अबिरल बर्षाका कारण झापाका विभिन्न स्थानका दुईसय ७७ घर परिवार विस्थापित भएका छन् भने यो समाचार तयार पार्दासम्म मानवीय क्षति भने भएको छैन ।
शिवसताक्षी–१ का हरिदेव ताजपुरियाको कुखुराको फारममा नजिकै रहेको पैनिको पानी पस्दा १२०० बोईलर कुखुरा मरेका छन् । कुखुराको दानासहित ताजपुरियाको १० लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । कचनकवल–१ पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढिका कारण नेपाल भारत सिमा स्तम्भ पिलर नम्बर २८, २९ डुबान भई नदेखिने अवस्थामा छ । कचनकवल–१ स्थित सिमा स्तम्भ पिलर नम्बर २८ र २९ डुबान भएर नदेखिने अवस्थामा रहेका छन् ।
बर्षातका कारण झापाका अधिकांश स्थानीय तहहरुका स्थानीयहरु प्रभावित भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमल–२ भालु गाउँका रामवहादुर भण्डारीको बाँसको टाटीबेरा भएको घरमा पैनिको पानी थियो । त्यस्तै कमल–२ क्याम्पा बजारकी ४३ बर्षिया नारायणी नेपालको टिनको छाना ईट्टाको पर्खाल भएको घरमा खेतको पानी घरमा पसेपछि हाल दुवै परिवारलाई छिमेकिको घरमा सारिएको जनाइएको छ ।
दमक–६ जेसीज चौकका अभिनारायण खनालको किराना पसलमा पानी भित्र पस्दा चिनी–३ बोरा, चामल–८ बोरा, मैदा–२ बोरा र चाउचाउ भुजा भिजेको, सामान अन्यत्र कोठामा सारिएको छ । पहरी चौकी महारानिझोडाको क्षेत्र गौरादह ४ र ५ का विभिन्न स्थानमा गरी अन्दाजी २२ घरमा डुवान भएको उनीहरु घरमै बसिरहेको र घरमा अन्दाजी १÷२ फिट पानि जमेको जनाएको छ ।
वर्षातको कारण रतुवा खोलाको पानी ओभरफ्लो भएर बस्तीमा पस्दा गौरादह–६ स्थित टंगुवा बस्तीमा अन्दाजी २५ घरमा करिव १÷२ फिट पानी जमेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय गौरिगञ्जका प्रहरी निरिक्षकको कमाण्डमा १५ जनाको टोलीसहित स्थानिय पालिकाँंग समन्वयमा उनीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको र अहिलेसम्म मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी शिवशताक्षी –११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पसेरको दुईवटा कम्प्युटरमा क्षति पुगेको, शिवसताक्षी –६ प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज स्वास्थ्य चौकी भवन र औषधी पसलमा अन्दाजी ३ फिट पानी जमेर क्षति भएका छ । सोही स्थानका मानबहादुर दर्जी, संजय मलीकको मकल डुब्बा खोलाबाट आएको पानी पसेर अन्दाजी ३ फिट पानी घरमा जमेको छ ।
गौरीगञ्ज–१ महाभारा खोला छेउमा घर भएकी रणमाया लिम्बूको घर भित्र बनियानि खोलाको पानी अन्दाजी ४ फिट जमेको गौरीगञ्ज–१ बालुबारीमा माईखोलाको पानी ओभरफ्लो भएर १५ घर, देविगडामा ५ घर, टप्पु बस्तीमा अन्दाजी १२ घरमा ३ फिट पानी जमेको छ । प्रहरी चौकी कुञ्जिबारीको टोलीले स्थानिय निकायँंग समन्वयमा उनीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको जनाइएको छ ।
गौरिगञ्ज–१ बालुबारीमा माईखोलाको पानी ओभरफ्लो भएर बस्तीमा पस्दा १५ घर, देविगडामा ५ घर, टप्पु बस्ती १२ घरमा ३ फिट पानी जमेको छ । इलाका प्रहरी कार्यालय झिलझिलबाट प्रहरी.निरिक्षकको कामाण्डको टोलीले स्थानिय निकायसँग समन्वय गरि सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ ।
शिवसताक्षी–४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती ) मा कमल–बनियानी खोलाको पानी ओभरफ्लो भएर बस्तीमा पस्दा सो बस्तीमा रहेका ३० घरमा ४ फिट पानी पसेर डुबान भएपछि उनीहरुलाई नजिकै रहेको त्रिभुबन माबिमा सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ ।
त्यस्तै बाह्रदर्शी–२ को भूतेनी खोलामा आएको बाढीका कारण ४ वटा घरमा पानी पस्न सक्ने जोखिम भएकोले इलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोलीले स्थानियसँग समन्वयमा सुन्दरपुर प्राबिमा घरको सामान सार्ने कार्य भईरहेको छ ।
बिर्तामोड–२ चैतुबारीस्थित घाग्रा खोलाको पानीले कनकाई र अम्बे प्लाई फ्याक्ट्रि छेउबाट कटान गरी बस्तितर्फ पानी पसेकोले इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली र स्थानिय बासीको सहकार्यमा बाँसको प्रयोग गरी बाध बाँधने कार्य भईरहेको छ ।
बाह्रदर्शी–२ स्थित सुकुम्बासी बस्तीमा अदुवा खोलामा आएको बाढीका कारण ६० घरमा पानी पसेर डुबेपछि राजगढको प्रहरी टोलीले स्थानियसँंगको समन्वयमा दक्षीणेश्वर मन्दिरमा स्थानान्तरण गरिएको छ ।
झापा गाउँपालिका–६ बालुबथानको तिरिङखोलामा बाँध सामान्य फुटेकोले प्रहरी टोली, बि.ओ.पि.टाघनडुब्बा झापाबाट स.प्र.नि.को टोली र स्थानिय सहितको सहयोगमा बोरामा बालुवा हालेर बाँध बाँध्ने कार्य भईरहेको साथै उक्त स्थानमा मानविय तथा चौपाय क्षेती नभएको जनाइएको छ ।
गौरीगंज–२ भाकुरमारीस्थित माइखोलाको छेउमा टहरा बनाइ खेती गर्न बसेका ७ घरका मानिसहरु माइखोलाको .२ फिट बाढि पसेकोले उनीहरु नेपाल भारत सिमाना दशगजामा सुरक्षित स्थानमा सारिएको छ । गौरीगञ्ज –४ सुकुम्बासी बस्तीमा कृष्णखोलामा आएको बाढी पस्दा १५ घर, .खजुरगाछिको प्रहरी टोलीले स्थानिय जनप्रतिनिधिसँग समन्वय गरी श्री राष्ट्रिय प्रा.वि.अल्तावारीमा सुरक्षित स्थान्तरण गरिएको छ ।
बाह्रदशी–२ स्थित गैरीगाँउमा अदुवाखोलामा आएको बाढीले ७ सात वटा घरमा पानी पसेर बिस्थापित भएकोले स्थानिय र नेपाल प्रहरीको सहयोगमा आफन्तको घरतर्फ सार्ने कार्य भइरहेको राजगढ प्रहरी टोलीले जनाएको छ ।
प्रहरी चौकी महारानीझोडा क्षेत्रका बिभिन्न स्थानमा गरी २०/२२ घरमा परेको पानी खेतमा जम्मा भएर घरमा पसेको थियो । दमक–७ स्थित सितारामा साहको किराना पसलमा नालीको पानी पसेर बिभिन्न खुद्रा सामानहरु दाल, चामल, मकै, जौ, खुर्सानीमा क्षति पुगेको छ ।
कमल–.१ सोलमारीका हरि खड्काको बाँसको टाटी टिनको छानो भएको घरमा खेतमा वर्षाको कारण जम्मा भएको पानी पसेर धान, चामल भिजेको र उनी छिमेकिको घरमा गएर बसेका छन् ।