झापा ।
झापाको दमक नगरपालिका –५ गोर्खाली टोलबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् ।
प्रकाश राईको घरमा लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डिजिटल तराजुसहित लागुऔषध ब्राउन सुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको थियो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ।