अर्जुनधारा ।
झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित भिमसेनथान संरक्षण समितिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष प्रभात मानन्धर चयन भएका छन् । मानन्धरको अध्यक्षतामा चयन भएको समितिको उपाध्यक्ष प्रनिता श्रेष्ठ, सचिवमा अर्जुनकुमार श्रेष्ठ, सह–सचिवमा गंगा जोशी र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यमा दीपक श्रेष्ठ, केदारमाया जोशी, प्रभु राजवंशी, कृष्णा दाहाल, नरकुमार गुरुङ र सन्तोष तामाङ चयन भएका छन् । सोमवार( आज) भिमसेन थान संरक्षण मन्दिर परिसरमा नयाँ नेतृत्व चयनसहित अधिवेशन सम्पन्न भएको हो ।
समितिका उपाध्यक्ष देबीमाया चुडालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिर्ख प्रधानको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत समितिका सदस्य लक्ष्मी श्रेष्ठले गरेको कार्यक्रममा अर्जुनधारा वडा नं. ६ का वडाअध्यक्ष हरिषचन्द्र बास्तोला, नेवाःपासा पुचः बिर्तामोडमा अध्यक्ष दिनेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समितिका सचिव अर्जुनकुमार श्रेष्ठले गरेका थिए ।