पाँचथर ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरस्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल–५ का ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमै मृत्यु भएको थियो ।
घाईते भएका पाँचथर फालेलुङ गाउँपालिका–१ का ३५ बर्षीय भिष्म केरुङको बस्एण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।