कुमरखोद ।
झापाको झापा गाउँपालिका वडा नं. ६ स्थित बयरडाँगीमा सहारा नेपाल र ह्याविट्याट नेपालको सहकार्य तथा मेट लाइफ फाउण्डेशनको सहयोगमा १५ परिवारलाई राहत वितरण गरिएको छ ।
साहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रीपक्षिय साझेदारीमा निर्माण हुँदै गरेको सुरक्षित आवास निर्माण कामका लागि खाद्यन्न वितरण गरिएको हो । वडा नं. ६ मा निर्माण हुँदै गरेका १५ घरपरिवारलाई आइतवार (आज) खाद्यन्न वितरण गरिएको छ ।
प्रत्येक घर निर्माण परिवारलाई २५ केजी चामल, ४ केजी दाल, १ लिटर खानेतेल, १० किलो आलु, १ केजी नुन, १ केजी चिनी, ४०० ग्राम सोयविन, २०० ग्राम् हल्दी, लुगाधुने र नुहाउने साबुनसहित स्वास्थ्य सामाग्री वितरण गरिएको सहारा नेपालका ल्याण्ड एड्भोकेसी अफिसर नविन लामिछानेले जानकारी दिएका छन् ।