• चन्द्र बस्नेत

सुरुङ्गा । 

मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुङगा जेसीजले स्थापना कालबाट नै सामाजिक कार्यमा सक्रिय बन्दै आएको  छ ।

सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको छ । वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्ने बताएको सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तिब्रता दिदै आएको हो ।

यसैबीच सुरुङगा जेसीजले असक्त तथा अपांगता भएकाहरूलाई व्हिल चियर प्रदान गरेको छ। आज सुरुङ्गा चोकमा भेला भएर अशक्त,अपांगता भएकाहरूको घर घरमा नै पुगेर व्हिल चियर प्रदान गरिएको कार्यक्रम संयोजक एवम् सुरुङा जेसीज वर्ष २०२२ कार्यकारिणी उपाध्यक्ष मेनुका उप्रेतीले जानकारी दिइन् । 

सुरुङगा जेसीज वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा कनकाई १,२ र ३ का अशक्त,अपांगता ३ जनालाई  सामाग्री  वितरण गरिएको  सुरुङा जेसीज वर्ष २०२२ कि शिक्षा सयोजक  एवम् कनकाई वडा न १ कि महिला वडा सदस्य निर्मला खड्काले जानकारी दिइन् । 

सामाग्री  पाउनेमा कनकाई १ कि, गितादेवि भट्टराई, कनकाई २  कि भिममाया दर्जी र कनकाई ३ का रमेश दर्नाललाई व्हिल चियर वितरण गरिएको जेसी टिकराम भण्डारी (सुदिप) ले जानकारी दिए।   पीएलओ लुब्रिकेन्ट्सनामक सस्थाको सहयोगमा सामाग्री वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् । 

 कार्यक्रममा उपस्थिति   वडा न २ का अध्यक्ष  प्रताप राई, वडा न १ का  प्रतिनिधि हरि राई वडा न ३ का अध्यक्ष युवराज चौलागाईं लगायतले  जेसीजले गरेको यस्तो महान कार्यको खुलेर प्रसंशा गर्दै यस्ता व्याक्तिहरुलाई सरकारले पनि उचित सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।

सुरुङगा जेसीजले आगामी दिनमा पनि सामाजिक कामलाई तिब्रता दिने योजनाका साथ कामलाई अघि बढाएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् । 

कार्यक्रममा  जन प्रतिनिधि, सघ सस्थाका प्रमुख तथा प्रतिनिधि, राजनिती दलका प्रमुख तथा प्रतिनिधि, सुरुङगा जेसीजका पूर्वअध्यक्ष जविन तिम्सिना समाजसेवी व्याक्तिहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालान महासचिव राजुु पाठकले गगरेका थिए ।