बिराटनगर । 

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्दाका फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत झापा र मोरङको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकि हालसम्म फरार रहेर लुकि छिपि बसेका  दमक नगरपालिका–७ झापाका ३९ बर्षीय तेजु भन्ने तेजवहादुर मगर, मिक्लाजुङ गाउँपालिका–३ मोरङका ४० बर्षीय सुमनसंभी लिम्बु, सोही स्थानका २६ बर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका–२ लालभित्ती मोरङका २१ बर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका–५ मोरङका सुन्नर सरदार पक्राउ परेका हुन् ।

बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको  प्रहरी टोलीले लागूऔषध मुद्दामा झापा जिल्ला अदालतको मिति २०७६।०२।०५ गतेको फैसलाले ६ वर्ष कैद र १० हजार जरिवाना तोकिएका मगरलाई दमक–६ बाट पक्राउ गरेको हो । 

जिल्ला अदालत मोरङको मिति २०७८।०४।१ र २  गतेको फैसलाले विना इजाजत राष्ट्रिय वन क्षेत्रमा प्रवेश मुद्दा र हातहतियार खरखजाना मुद्दामा १० महिना २९ दिन कैद र ३० हजार जरिवाना तोकिएका सुमनसंभी लिम्बु र जबरजस्ती करणी मुद्दामा २ महिना १० दिन कैद, ५ हजार जरिवाना तोकिएका रमेश घिमिरेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी चोरी मुद्दामा ५ महिना १६ दिन कैद र ५ हजार जरिवाना तोकिएका अर्जुन झागडलाई इलाका प्रहरी कार्यालय बेलबारीले र नकवजनी चोरीमुद्दामा ७ महिना ५ दिन कैद, १० हजार रुपैया जरीवाना  तोकीएका सुन्नर सरदारलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनिहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको प्रदेश नं. १ प्रहरीले जनाएको छ ।