ईलाम ।
ईलामको माङसेबुङ गाँउपालिका–२ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटना हुँदा तीन् जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ बर्षीय हिमप्रसाद लावती, ६० बर्षीया पदमकुमारी लावती र ईलाम माङसेबुङ गाउँपालिका–६ का ५० बर्षीय प्रकाश राई रहेका छन् ।
आइतवार (आज) पाँचथरको रबिबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अंदाजी २०० मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी हिमप्रसाद र पक्राशको घटनास्थलमै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागि दमक अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको हो ।
बोलेरो चालक तत्काल फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।