झापा । 

झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट अबैध  लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका–८ ईलामका २५ बर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका–३ का ४३ बर्षीय बेनुप्रसाद चिमरिया र  कनकाई–४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८ हजार ५००, मोवाइल २ थान, र ३ थान मोटरसाईकल बरामद गरेको छ ।

यसैगरी सोही स्थानमा लागूऔषध खरिद गर्न आएका दमक नगरपालिका–१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका–९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिईएको हो ।  लागू औषधसहित पक्राउ परेका ५ जनाको बिषयमा ईलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।