मोरङ । 

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शनिवार राती साढे ८ बजे  अरुण गाउँपालिका–५ भोजपुरका २६ बर्षीय राम श्रेष्ठलाई प्रदेश १–०२–०४१ प १४१४ नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका थिए । घाइते श्रेष्ठको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक इटहरी सुनसरीका बिकास श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।  मृतक श्रेष्ठ बुढीगंगा स्थित रहेको प्रिमियर वायर फ्याक्ट्रीमा सेक्युरिटी गार्डमा कार्यरत रहेको प्रदेश प्रहरीले जनाएको छ ।