धनकुटा । 

धनकुटा नगरपालिका–६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रालिको क्षेत्र भित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय दुई जना बालकको मृत्यु भएको छ । 

पोखरीमा पौडी खेल्न गएका स्थानीय दिलबहादुर राईको १४ बर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका–५ का बिजय राईको १५ बर्षीय छोरा सोनिम राई पौडी खेल्ने क्रममा डुबेर घाईते भएका थिए ।

घाईते भएका दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।