मोरङ । 

मोरङको बुढिगंगा गाउँपालिकाण्६ घेरावनीबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो ।

मोटरसाईकलबाट गाँजा बरामद भएसँगै मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका–३ का ४५ बर्षीय नेत्र भट्टराईलाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ भट्टाराईको बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।