झापा ।
झापाको कमल गाउँपालिका–६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मे.१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका–८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए ।
घाईते घोर्सानेको थप उपचारको लागि बिराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार हुन नसकि घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० झापाका लीलाबहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।