झापा । 

झापाको गौरादह नगरपालिका–९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबेर एक जनाको मृत्यु  भएको छ ।

स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुकासम्म घर फर्कि नआएपछि आफन्तले  खोलतलास गर्ने क्रममा घर  नजिकै सडक छेउमा रहेको नालीको पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।

मृतक लाश पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको र घटनाका बिषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।