मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१७ स्थित रहेको रघुपति जुटमिलको मेसीनले हात काट्दा एक जना अप्रेटरको मृत्यु भएको छ ।
जुटमिलमा अप्रेटरको काम गर्ने मोरङ बिराटनगर–१४ का ४२ बर्षीय राजो कामतको मेसिनमा काम गरीरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटरे घाईते भएका थिए ।
घाईते कामतलाई तत्काल उपचारको लागि बिराटनर्सिङ होम बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।