मेचीनगर  । 

झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको नगर सभामा नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले आर्थिक वर्ष २०७९/०८० को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय,विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैया बराबरको बजेट पेश गरेकि थिइन् ।

नगर उपप्रमुख उप्रेतीले सञ्चित कोषबाट विनियोजित रकम चालु खर्चतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्च ७० लाख ४ लाख ४ हजार १६, वित्तिय व्यवस्थातर्फ ६० लाख गरी कुल १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत भएको थियो ।

संघीय सांसद् राम कार्कीले प्रमुख अतिथिको आसनबाट दोस्रो नगर सभाको प्रथम वैठकको उद्घाटन गरेका थिए ।नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको नगरप्रमुख वुडाथोकीले बताए।

बार्षिक बजेट तयार गर्दा राजनैतिक दल, विद्वत वर्ग, नागरिक समाज, नीजिक्षेत्र, सहित मेचीनगर नगरपालिकाभित्रका सरोकारवालाबाट प्राप्त सुझाव बमोजिम नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको समेत नगरप्रमुख बुडाथोकीले बताए ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा संविधान सदस्य रविन कोइराला, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले बोलेका थिए  ।