- राजु बराल
चन्द्रगढी ।
जेष्ठ नागरिक नगर समिति भद्रपुरको आयोजनामा जेष्ठ नागरिकको बिपद ब्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भद्रपुर नगरभित्र असार ३ गते देखि शुरु भएको अन्र्तक्रिया कार्यक्रम असार ९ गते सम्पन्न भएको हो ।
जेष्ठ नागरिकको बिपद ब्यवस्थापन बिषयमा इस्वरप्रसाद पोखरेल, धनप्रसाद शिवाकोटी र हरिकिशोर आचार्यले अन्र्तक्रियाको सहजिकरण गरेका थिए ।
बिहीबार भद्रपुर ९ स्थित पुहातु जनज्योती माबिको सभाहलमा समापन कार्यक्रम जेष्ठ नागरिक भद्रपुर नगर समितिको अध्यक्षता र कपिलमनी दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सञ्चारकर्मी राजु बराल, पशुपति आधारभुत बिद्यालयका प्रधानाध्यापक टीका पोखरेल र बिद्यार्थीकातर्फ बाट टीका सुबेदीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा जेष्ठ नागरिकको बिपद ब्यवस्थापन र बिद्यार्थीका अनुभव आदानप्रदान गरिएको थियो ।
जेष्ठ नागरिक वडा समिति अध्यक्ष जयप्रसाद श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन शंकर गौतमले गरेका थिए ।