मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझीको मृत्यु भएको छ ।
को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर माझी घाइते भएकी थिइन् । घाइते माझीलाई तत्काल उपचारको लागि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नं. १ प्रहरीले जनाएको छ ।