झापा । 

झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनी ट्रकले  पछाडीबाट ठक्कर  दिएको थियो ।

ठक्कटरबाट  मेचिनगर–९ का ४३ बर्षीय रमेश कट्वाल गम्भिर घाईते भएर  उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा मृत्यु भएको हो ।

दुर्घटना भएका दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ ।