सुरुङ्गा ।  

नेपाल  दलित उत्थान संञ्जाल कनकाईले १८ जना दलित गरिब तथा जेहेन्दार विद्यार्थीलाई बुधवार आज  छात्रवृत्ति प्रदान गरेको छ । 

ञ्ंजालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्यानरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदानगरेको सञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले बताए । 

विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरेका थिए । सोहि अवसरमा संञ्जालले कनकाई नगरपालिकाबाट निर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेत सम्मान गरेको थियो ।

केहि बर्ष पहिले कनकाई नगरपालिकाले नेपाल दलित उत्थान सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैँयाँ र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैँया समेत प्रदान गरेका थिए । उक्त अक्षयकोषको ब्याजबाट संञ्जालले कनकाईका ९ वटै वडाबाट प्रत्येक वडाबाट २ जनाको दरले १८ जनालाई छात्रवृत्ति रकम प्रदान गरेको हो ।